चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ का ११बर्षीय बालक मिनोज श्रेष्ठ चैत्र ११ देखि हराएका छन । फागु पूर्णिमाको दिन बिहान ८ बजे होलीको रंग किन्न जान्छु भनेर पैसा लिएर हिंँडेका उनी हालसम्म घर नफर्केको परिवार श्रोतले जानकारी दिएका छन । भरतपुर ११ स्थित होपचोकबाट हराएका उनी हालसम्म नफर्किएकाले बालकका बुबा मनोज कुमार श्रेष्ठले खोजिदिन आग्रह गरेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बालक हराएको भन्ने सूचना र निवेदन प्राप्त हुने बित्तिकै खोजी कार्य तीब्र पारिएको बताए । ‘हामीले सिसीटीभी फुटेज संकलन र बालकको फोटोहरु लिएर मातहतका प्रहरीलाई खोजीकार्य तीब्र बनाउन आग्रह गरेका छौं , प्रवक्ता भण्डारीले भने, हालसम्म बालक भेटिएका छैनन ।’ उनले बालक भेटिएमा वा चिनेमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरे ।
मिनोजलाई कहीं कतै देखिएमा वा चिन्नुहुने कोही व्यक्तिले परिवारको मोबाइल नम्बर ९८५५०१२३३६ वा ९८०१५६५५८६ मा खबर गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।