चितवन । रोयल राइनो राईडर्स मोटरसाइकल क्लब चितवनले यही जेठ ५ गते स्वास्थ्य सम्बन्धी सचेतना मोटरसाइकल र्याली गर्ने भएको छ । राईडर्सले पुरुषकको मानसिक रोग र प्रोस्टेट क्यान्सरबाट बच्ने उपायका बारेमा जनचेतना जगाउन र्यालीको आयोजना गर्न लागेको हो ।
पछिल्लो समय पुरुषमा मानसिक रोग र प्रोष्टेट क्यान्सरको चुनौति रहेको भन्दै यस सम्बन्धी सचेतना फैलाउन र्याली गर्न लागिएको बिहिबार भरतपुरमा आयोजिक पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । क्लबले यसअघिपनि सामाजिक काम तथा स्वास्थ्य सम्बन्धी सचेता गर्दै आएको र शनिबार बिशेषज्ञ चिकित्सबाट सचेतना सम्बन्धी अभिमुखिकरण समेत गरिने क्लबका अध्यक्ष प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।
र्याली शनिबार बिहान भरतपुर महानगरपालिका अगाडिबाट शुरु भई बिरेन्द्र क्याम्पस, बाइपास, आंँपटाी , पुल्चोक , चौबीसकोठी हुंँदै बाइपासमा रहेको अटाली रेष्टुरेण्टमा समापन हुने श्रेष्ठले बताउनु भयो । र्यालीमा सबैभन्दा कम उमेर र बढी उमेरका व्यत्तिलाई सम्मान गरिनुका साथै पुरानो भिन्टेज मोटरसाइकल राइडर्स तथा ड्यापरलाई पनि सम्मान गरिने उहांँले जानकारी दिनुभयो । र्याली पश्चात अभिमुखीकरण तथा सांगितिक प्रस्तुति पनि दिइने छ ।
प्रोस्टेट क्यान्सर सम्बन्धि बिश्वमा सन् २०१२ देखि जनचेतना फैलाइएको थियो । बिस्तारै नेपालमा पनि सन् २०१६ देखि संस्थाले यस सम्बन्धि जनचेतना अभियान थालेको हो । उक्त अभियान चितवन, देशका मुख्य शहर धरान, हेटौंडा र काठमाडौंमा संचालन भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता डा. शशांक कुमारसिंह, क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।