चितवन । चितवनमा पछिल्लो समय सहकारीमा देखिएका विकृति विसंगति समस्या समाधान र जोखिम न्यूनिकरण गर्ने उद्धेश्य सहित चितवनमा दोस्रो साकोस समिट २०८१ हुने भएको छ । यही जेठ २५ र २६ गते सहकारीमा आवद्ध व्यक्तिहरु, सञ्चालक, शेयरधनी एवंँ विज्ञ सहितको सहभागितमा साकोस समिट गर्न लागिएको हो ।
चितवन जिल्ला बचत तथा सहकारी संघको आयोजना हुन गईरहेको समिट ४०० जनाको सहभागिता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विद्या कोइरालाले पछिल्लो समय सहकारीमा देखिएका समस्याहरु समाधान गर्न तथा विकृति विसंगति न्यूनिकरण गर्ने उद्धेश्य सहित साकोस समिट गर्न लागिएको जानकारी दिनुभयो । ‘अरुभन्दा ऋण तथा बचत सहकारीमा बढी समस्या देखियो, बचतकर्ताको विश्वास पनि घट्यो, उहांँले भन्नुभयो , सहकारीमा विकृति विसंगति रठगी गर्ने धेरै भए । त्यसैले यसलाई न्यूनिकरण गर्ने हाम्रो मुख्य उद्धेश्य हो ।’ साकोस क्षेत्रलाई नीति तिथी र विधि र प्रविधि मा लैजान र सहकारी क्षेत्रमा थप जोखिम नहोस भन्ने हेतुले समिट उपलब्धीमुलक हुने उहांँको भनाई छ ।
संघका पूर्वअध्यक्ष एवं सल्लाहकार तेजेन्द्र खड्काले बचतकर्ताको बचत बचाउन तथा सहकारी प्रतिको आम धारणा चिर्नपनि साकोस समिट गर्न लागिएको बताउनु भयो । बचत कर्ताको बचत तथा ऋण असुली बारेपनि सम्मेलनमा घनिभुत छलफल हुन्छ, खड्काले भन्नुभयो , सहकारीलार्ई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।
समिटमा नेपाल सरकार, नेपाल चार्टड एकाउण्टेण्ट एवं वचत तथा ऋण सहकारीमा सफल अभ्यास प्रविधि हस्तान्तरण, संस्थागत विकास, सहजीकरण , सहकारी विकासमा अतुलनीय योगदान गर्ने राष्ट्र्रिय तथा स्थानीय विज्ञहरुबाट ६ वटा बाट कार्यप्रस्तुत गरिने छ ।
जिल्लाका सहकारीहरुको विगत, वर्तमान र भावी कार्यदिशामा एकरुपतामा ऐक्यवद्धताकोे विकास गर्न, सहकारीहरुको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र बित्तिय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने खड्काको भनाई छ । ।
दुई दिन सम्म चल्ने सो कार्यक्रमले वित्तिय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरुको समेत खोजी गरिने बताईएको छ । साकोस समिट यसअघि २०७३ सालमा पहिलोपटक गरिएको थियो ।
जिल्लामा हाल अहिले बचत तथा ऋण सहकारी संस्था २५५ वटा रहेका छन भने संघमा मात्र २०५ जना बचत तथा ऋण सहकारी आवद्ध छन । जिल्लामा सबै विषयगत सहकारीहरु संख्या ७०० को हाराहारीमा छ ।