चितवन । पुथ्वीराजमार्ग स्थित फिस्लिङ्गमा कारसंँग बस ठोक्किदा बस त्रिशुलीमा खसेको छ भने कार सडकमै रहेको छ । आज बिहान ७ बजेर २५ मिनेटमा नेपालगञ्जबाट काठमाडौं तर्फ गईरहेको भे १ ख ४०६२ नम्बरको बस र विपरित दिशाबाट आईरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार ठक्कर खांँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्गको इच्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित फिस्लिङ्गमा बस र कार ठक्कर खांँदा अन्दाजी बस अन्दाजी ५० मिटर तल खसेको र दुबै सवारी साधनमा सवार घाईते १२ जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाईएको छ । उक्त स्थानमा मुग्लिन प्रहरी, ट्राफिक प्रहरी र विपद ब्यबस्थापन शिक्षालयको टोली सहितले उद्धार कार्य जारी भईरहेको प्रहरीले जनाएको छ । कारमा पांँचजना यात्रु सवार थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु