चितवन । चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएका मध्ये थप २ जना पुरुषको शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी स्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो । उनीहरुको हालसम्म सनाखत हुन सकेको छैन । बिहान एकजना भारतीय यात्रुको शब फेला परी सनाखत भईसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको हो । नदीमा माछा मार्नेक्रममा बोटेहरुले शव देखेपछि प्रहरीलाई दिउसो ३ वजे खबर गरेका थिए ।
एकजनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्न सक्ने अवस्थामै रहेकोले गर्दा समेत सिमलताल बस दुर्घटनाकै यात्रुहरु भएको प्रहरीले जनाएको छ । शवलाइ पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । प्रहरीले थप वेपत्ता यात्रु र बसको खोजी कार्य गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु