चितवन । अपहरण तथा शरिर बन्धक मुद्धाका फरार अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन । माडी नगरपालिका वडा नम्बर ३ का ६६ बर्षीय खाबु भन्ने सुकराम महत्तो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन जिल्ला अदालतको २०६७ साल असार १ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना तोकी हाल सम्म फरार रहेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय गितानगर र इलाका प्रहरी कार्यालय माडीको बिशेष पहलमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार मध्यान्ह सांँढे १२ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । महत्तोलाई   आवश्यक कारवाहीको लागि  चितवन जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ  ।
तपाईको प्रतिक्रिया
	संबन्धित शिर्षकहरु
	
 

 
         
         
         
         
         
         
         
         
         
	  
	  
	  
	  
	  
	  
  		 
	  
	  
	  
	  
	  
	 






