माडी, भदौ ११ । माडीको बरुवामा जारी २९ औं स्टार कप अन्तरगत (मंगलबार) भएको खेलमा सुर्यपुर फुटबल क्लब, कालिका बिजयी भएको छ ।
माडीको ग्रिनल्याण्ड युवा क्लब कृष्णनगर र सुर्यपुर फुटबल क्लबबिच भएको खेलमा कृष्णनगरलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यपुर विजयी भएको हो । खेलको म्यान अफ द म्याच सुर्यपुरका बसन्त कुमाल घोषीत भए ।
प्रतियोगिता अन्तर्गत भोलि वुधबार आयोजक स्टार स्पोर्ट्स क्लब र युनिक फुटबल क्लब भरतपुर भिंड्नेछन् ।
मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनल रहेको प्रतियोगिता भाद्र २१ गतेसम्म चल्नेछ । १२ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु