चितवन । ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनको रत्ननगरमा सेवा विस्तार गरेको छ । आज रत्ननगर नगरपालिका वडा नम्बर २ स्थित सुब्बा चोकमा आफ्नो ३६ औ शाखा विस्तार गरेको हो ।
शाखा शुभारम्भ पछि बोल्दै कम्पनीका सेल्स अधिकृत हरि गुरुङ्गले कम्पनीले बिशेषगरी घरायसी ता न्यून आय भएका सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको बताए ।
‘इन्टरनेटको सहज पहुंँच र न्यून आय भएका सेवाग्राहीलाई लक्षित गर्दै सेवा विस्तार गरेका हौं । ’गुरुङ्गले भने ।
यहांँका ग्राहकलाई छिटो छरितो सेवा र गुणस्तरीय सेवा दिन रत्ननगरमा सेवा विस्तार गरेको उनको भनाई छ ।
वाइफाइ नेपालका युनिट इन्चार्ज संगम परियारले ग्राहकको माग र आवश्यकता अनुसार घरमै सेवा र सपोर्ट दिन थप शाखाको सञ्चालनमा ल्याईएको बताए । हामीले इन्टरनेट जडान पछि पनि सेवा र सपोर्ट नियमित दिनुपर्ने हुन्छ , उनले भने , यहींनै अफिस भएपछि ग्राहकलाई थप सहज हुनेछ भन्ने हाम्रो अपेक्षा हो । यसअघि शाखा नभएका क्षेत्रमा वल्र्डलिंकको सहकार्यमा सेवा दिदै आएको थियो ।
कम्पनीले हाल देशका तराईका जिल्ला, मुख्य शहर, र साना शहरहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल ईन्टरनेट सेवामा मात्र केन्द्रित गरेको छ । ‘हामीले अहिले ५० एमबीपिएस क्षमताको बार्षिक ६हजार २१५ रुपैंया र ८० एमविपीएस क्षमताको ८४७५ रुपैंया रेट राखेका छौं उनले भने, यो शुल्क नेपालमा संभवत कुनै आइएसपीको छैन ।’ कम्पनीले यो अफरमा एउटा घरमा ६ जना सम्मले कुनै अवरोध विना ईन्टरनेट चलाउन सकिने परियारको भनाई छ ।
एकबर्ष अघि भरतपुरमा शाखा सञ्चालनमा ल्याएको कम्पनीले आजबाट रत्ननगरबाट सेवा सञ्चालनमा ल्याएको हो । भरतपुरमा मात्रै वाइफाइनेपालको एक हजार ४०० ग्राहक छन भने, रत्ननगरमा ३सय५० जना ग्राहक छन । नेपालभर ४८ वटा जिल्लामा सेवा विस्तार रहेको र ४१हजार ग्राहक रहेको कम्पनीले जानकारी दिएको छ ।