चितवन । बिहिबार बेलुका देखि सेती दोभानमा गएको पहिरो बिहानदेखि पन्छाएर नारायाणगढ मुग्लिन सडक सञ्चालनमा ल्याईएको छ । आज बिहान सांँढे पांँचदेखि पहिरो पन्छाउन शुरु गरी सवा ९ बजे पहिरो पन्छाई दुईतर्फी सडक सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय,चितवनले जानकारी दिएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले दुबैतर्फ सवारीको अत्यधिक चाप बढेको र सडकको बीचबीचमा सवारी साधन रहेकोले पनि अविरल बर्षाका बीच पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो । ‘सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ , तर अझैपनि लेदो बग्ने क्रम जारी छ । हेरौं कतिसमयसम्म सडक सञ्चालन गर्न सकिन्छ ?’ उहांँले भन्नुभयो ।
सोही ठाउंँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बनेको ट्राफिक प्रहरीले जानकारी दिएका छन । चिरिएको ठाउंँमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । बिहान सांँढे चार बजेतिर सो सडकखण्डको पांँच किलो भन्ने स्थानमा समेत सुख्खा पहिरो गएको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा आएको थापाले बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान बिहिबार बेलुका ८बजेर २० मिनेटमा पहिरो गएको हो ।