चितवन, भदौ १२ – जिल्ला प्रहरी कार्यालय चितवनले अरुको नाममा परीक्षा दिने दुई नक्काली परीक्षार्थीलाई पक्राउ गरेको छ। प्रहरीले नक्कली परीक्षार्थीद्धय दिप कुमार राय र अर्का एक नाबालकलाई पक्राउ गरेको हो।
नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर परीक्षा केन्द्रमा बिहीबार २:३० बजेबाट संचालित भएको डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ अन्तर्गत केमेष्ट्रिको आंशिक तर्फको परीक्षाको दिईरहेका उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ। परीक्षा केन्द्रका कर्मचारीले अरुको परीक्षा दिईरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
चितवन जिल्ला अदालतबाट बिहीबारदेखि नै लागु हुने गरी म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु