चितवन, १३ भदौ – नारायणी नदीको देवघाटमा पानीको सतह खतराको तह नजिक पुगेको छ । लगातारको वर्षाका कारण नारायणीमा पानीको सतह बढेको हो ।
नदीमा पानीको सतह बढेपछि प्रशासनले टकिय क्षेत्रका बासिस्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउदै सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।
प्रशासनद्धारा जारी सुचनामा नारायणी, राप्ती, रिउ, कयरलगायतका अन्य साना ठुला नदीहरुमा पनि पानीको सतह बढीरहेको उल्लेख छ । लगातरको बर्षाका कारण बाढी, पहिरो, कटान र डुबानको जोखिम बढेकोले भन्दै प्रशासनले तटिय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
पहिरोका तथा राजमार्गसँगै अन्य सडक अवरुद्ध हुन सक्ने भन्दै अवस्था बुझेर मात्रै यात्रा गर्न पनि आग्रह गरिएको छ । यस्तै नदीमा बाढी बढीरहेकोले माछा मार्न, पौडी खेल्न तथा काठ दाउरा संकलनका लागि नजान सुचनामार्फत प्रशासनले आग्रह गरेको छ ।