चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः हुनुुभएको छ । शनिवार सम्पन्न प्रेस चौतारीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पण्डित सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई चयन हुनु भएको छ ।
यस्तै प्रेस चौतारीको केन्द्रिय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल र प्रदेश प्रतिनिधिमा कृष्ण आचार्य, रामेश्वर रिजाल, अमिर रामदाम र शान्ता अधिकारी चयन हुनु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु