चितवन । चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम बर्षमा अध्ययनरत सुर्खेतका प्रविन बस्नेत झण्डै दुईसातादेखि बेपत्ता भएका छन । परिवारजनका अनुसार भदौ २ गते बुधबार अपरान्ह ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउंँछु भनेर डेराबाट हिंंडेका बस्नेत हालसम्म पनि सम्पर्कमा आएका छैनन । बेपत्ता भएपछि सुर्खेतबाट चितवन आएका उनका दाई प्रभात बस्नेतले हालसम्म पनि आफ्ना भाई प्रविन बस्नेत फेला नपरेको बताए । हराएको खबर पाएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा गएर भाई वेपत्ता भएको र खोजिदिन दाई प्रभातले निवेदन दिएका थिए ।
‘आमासंँगै भाई सिमसी नजिकै डेरामा बस्दै आउनु भएको थियो । बुधबार अपरान्ह ४ बजेतिर चिया खान निस्कन्छु भनेर हिंँडेको भाई सवा पांँच बजे कल गर्दा मोबाइलमा सम्पर्क भयो त्यसपछि सम्पर्क हुन सकेन । त्यसपछि हामी अत्तालिऔं । ’ उनी चाबी र हेलमेट लिएर हिँंडेपनि मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङ्गमा फेला परेको दाई प्रभातले बताए ।
सोही सांँझ ६ बजेतिर प्रहरीले देवघाट पुल नजिकै पार्किङ्गमा उनको मोटरसाईकल फेला पारेको बताएको थियो । चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले प्रविन बस्नेतको मोटरसाईकल पुल नजिकै भेटिएपनि हालसम्म प्रवीन बस्नेत नभेटिएकोे बताए । ‘स्थानीयले बताए अनुसार हामीले तुरुन्तै सोही स्थानतिरपनि खोजी कार्य गरेका थियौं अधिकारीले भने, प्रविन हराएको निवेदन दर्ता भएपछि खोजीकार्य तीब्र पारेका छौं ।’ प्रहरी नायब उपरीक्षक अधिकारीले अन्य जिल्लाहरुमा पनि वेपत्ता भएको सूचना दिईएको र जिल्लाका सबै प्रहरीका ईलाका ,वडासम्मका कार्यालयहरुमा समेत जानकारी गराईसकिएको बताए ।
वेपत्ता भएका प्रविन हालसम्म फेला नपरेपछि उनका परिवार थप चिन्तामा परेका छन । प्रहरीमा भाई हराएको निवेदन दिएपनि हालसम्म कुनै खबर प्राप्त नभएको दाई प्रभात बस्नेतले बताए । ‘हामी दुईहप्तादेखि पीरमा छौं, चिन्तित छौं नत प्रहरीले पत्ता लगाउन सकेको छ नत अन्य कतैबाट खबर आउंँछ । जहांँ भएपनि खबरदिनुहोला ’ प्रभातले भने । उनले हराएका आफ्ना भाईको खोजी कार्य गर्न सबैसंँग विनम्र अनुरोध गरेका छन । ‘मेरो भाईको फोटोको आधारमा उनलाई कतै देख्नुभए कृपया मोबाइल नम्बर ९८५८०५३७७३, ९८५८०५१६७७ मा सम्पर्क गरी सहयोग गरिदिनुहोला । या नजिकैको प्रहरी कार्यालय खबर गरिदिनुहोला ।’ उनको हुलिया यसप्रकार छ – गहुंँगोरो,६ फिट अग्लो , पावरवाला चश्मा, सेतो टिसर्ट र जिन्स पेण्ट ।