चितवन । श्री जनहित बहूउद्देशीय सहकारी संस्था लि. रत्ननगर –१३ को आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.लि.भरतपुर –१० को प्राविधिक सहयोगमा १ दिने सचेतना सहित निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३०० जना बढीले सेवा लिएका थिए । शिविरमा दुईसय जनाको सुगर टेस्ट गरिएको थियो भने २५० जनलाई औषधि २५० वितरण गरिएको थियो । शिविरमा पुरुष १२५ जना र महिला १७५ गरि ३०० जनाले सेवा पाएको सहकारीका अध्यक्ष गणेश प्रसाद खनालले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष खनालले सहकारी सदस्य सबैलाई मौकामा सेवा लिन अनुरोध गर्दै पुष्पान्जली हस्पिटल संग छिट्टै सम्झौता गरि सेवा सुविधा लिने बताउनु भयो ।
जय श्रीराम पोलिक्लिनिक टांँडीले ल्याब टेस्टमा छुट दिने रामहरी लम्सालले बताउनु भयो । क्वेस्ट फर्मास्युटिकल्स ले औषधि वितरण गरेको शिविरको उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि रत्ननगर वडा न. १३ कि वडा सदस्य शारदा पौडेल रहनु भएको थियो । उहांँले धेरै दिन देखि डा. भोजराज अधिकारी संग भेट्ने र जचांँउने इच्छा भएको भन्दै यसलाई सदुपयोग गर्न सेवाग्राहीलाई आग्रह गर्नुभयो ।
शिविरमा डा.अधिकारीले शिविरमा जाँचेर मात्र नभै बर्षमा सके २ पटक सम्म हरेकले स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
शिविरमा डा. रिकेश सापकोटा डा.रुपक ढकाल फार्मेसी प्रमुख आर्यन बास्कोटा सामाजिक सेवा प्रमुख केदार प्रसाद सुबेदी, सिस्टरहरु सिसम थापा, सोम माया गुरुङ क्वेस्टका बिष्णु ढकाल र निरञ्जन तिमिल्सिना सहकारीका ब्यबस्थापक शर्मिला रोका लगायतले सेवा दिनु भएको थियो ।