चितवन । पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर–१० चितवन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटि बीच गरिएको उपचार सहुलियत लिने दिने सम्झौता भएको छ । पुष्पाञ्जली हस्पिटल प्रा.लि प्रबन्ध निर्देशक श्री सुजन राज अधिकारी र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटिका अध्यक्ष ई.श्री सुवाष पोख्रेल बीच सम्पूर्ण जिल्ला प्रदेश केन्द्रीय कमिटि का पदाधिकारी सदस्य,कर्मचारी र परिवार सहितलाई अस्पतालमा उपचार गर्दा २५% सम्म छुट पाउने गरि सम्झौता भएको हो ।
सम्झौता पत्रमा पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख श्री केदार प्रसाद सुबेदी, अध्यक्ष चेत नाथवाग्ले, मेनेजर ऋषिरमण खनाल, कविता खराल,आर्यन बास्कोटा र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य द्वय ई.शिव प्रसाद चापागाई र आ.उपेन्द्र सुबेदी तथा ई.गौतम ढकाल, ई.खेम बिक्रम थापा काउचा,ई.अनिष काफ्ले लगायतको वरिष्ठ फिजीसीयन डा.भोजराज अधिकारी लगायतको सहभागिता थियो ।
सो अवसरमा बोल्दै डा. अधिकारीले जनतासंग अस्पताल कार्यक्रममा अब डाक्टर र इन्जिनियर संगै हातेमालो गर्दा काम प्रभावकारी हुने बताउनु भयो । उहांँले बौद्धिकवर्गले नै सचेत हुदै सचेत गराउने हो भन्नु हुदै आरोग्यताका लागि हातेमालो गर्न आउनु भएकोमा एशोसिसयसनलाई धन्यबाद दिनु भयो । एशोसियसनका अध्यक्ष ई.सुबास पोखरेलले सम्झौता संँगै अब हरेक कार्यक्रम पुष्पाञ्जली अस्पतालसंँग संगै गर्ने बताउनु भयो । सुविधा सम्पन्न यो अस्पतालले विभिन्न नीजि तथा सरकारी संस्था संँग उपचार छुट सम्झौता गर्दै आएको छ ।