नवलपुर । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेपाली प्रेसले लोकतान्त्रिक सस्कृतीको निरन्तर पैरवी गरेको भन्दै प्रेस जगतको प्रशंसा गरेका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ट्विटर ( एक्स ) मार्फत शुभकामना सन्देश जारी गर्दै उनले नेपाली प्रेसले अपनाएको पारदर्शीता र उत्तरदायी मार्गले यसको बिश्वसनीयता बढ्दै जानेमा आफु बिश्वस्त रहेको उल्लेख गरेका छन् ।
डा कोईरालाले नेपाली प्रेसलाई सुशासनको पक्षमा निरन्तर दृढ भएर उभिन आग्रह समेत गरें । साथै उनले गोरखापत्र सस्थानको स्थापना दिवसका अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु