चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो ।
बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका पोशाक तथा कपडाहरु एकै ठाउंँमा उपलब्ध गराउने उद्धेश्यले अर्बन नेष्ट बुटिक सञ्चालनमा ल्याईएको जानकारी दिइन् । ’नारायणगढमै एकै ठाउंँमा सबै उमेर समुह सबै वर्गलाई हुने फेशनका कपडाहरु पाउन मुश्किल छ, सञ्चालिक घिमिरेले भनिन , काठमाडौ र विदेशमा पाइने डिजाइनहरु यहीं दिने उद्धेश्यले बुटिक सञ्चालनमा ल्याएका हौं ।‘
घिमिरेले ८ बर्ष जापान बसेर त्यहांँको अनुभव र सीप यहांँ उपयोग गरेको बताईन । ’म ८ बर्ष जापान बसेर पढाई र विजनेशको अनुभव पनि प्राप्त गरे, उनले भनिन, कोरोनाकालपछि आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर व्यवसाय शुरु गरेको हो । यो मेरो इन्टरेष्टको क्षेत्र पनि हो ।’ आधुनिक युगमा फेशनको संभावना र भविष्य राम्रो देखेर आफूले बुटिक खोलेको उनको भनाई छ । ‘गास, बास कपास मानिसको आधारभुत आवश्यकता हो तर अहिले स्टाइलिष्ट फेशनको माग र बजार बढेको छ । फेशनको हरेक देश हरेक ठाउंँमा उत्तिकै महत्व पनि छ ।’ उनले भनिन ।
उनका अनुसार बुटिकमा बालबालिकालाई चाहिने कपडा, विभिन्न रितीरिवाज, भेषभुषाका लागि चाहिने कपडा, कोट पेण्ट सुट , लेडिजलाई चाहिने विभिन्न बिहे पार्टी ब्रतबन्ध, चाडबाडका कपडा तथा कलाकार मोडललाई चाहिने फेशनका कपडाहरु पनि पाइनेछ । यस्तै पुरुषका लागि चाहिने टीसर्ट, पेण्ट, सुट लगायतका सबै फेशनका कपडाहरु उपलब्ध हुने उनले जानकारी दिइन् । बुटिकमा ग्राहकले चाहेको डिजाइन, फेशन अनुसारको कपडा समेत अर्डर अनुसार तयार पनि गरिनेछ । ‘हामीलाई अनलाईनबाट या फोनबाट आफूले चाहेको डिजाइन, मेटिरियलस सहितको अर्डर गर्नुभयो भने सोही अनुसारको पोशाक पनि तयार गरिनेछ ।’ उनले भनिन ।
यसअघि अर्बन नेष्टले अनलाइनबाट अर्डर लिएर ग्राहकको ईच्छा र माग अनुसार पोशाक तयार गरेर ग्राहक समक्ष डेलिभरी गर्दै आएको थियो । अनलाइन डेलिभरीसंँगै ग्राहकको माग र आवश्यकता अनुसार प्रत्यक्ष रुपमा आफूले रोजेको पोशाक तथा सामान उपलब्ध गराउन बुटिक सञ्चालनमा ल्याएको घिमिरेको भनाई छ । ‘अनलाइनबाट भर्चुवलरुपमा मात्र ग्राहकको अर्डर लिने र दिने गर्यौं, उनले भनिन, बुटिक खोलेपछि प्रत्यक्षरुपमा उहांँसंँग भेटघाट पनि हुने , उहांँहरु अझ बढी सन्तुष्टि हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’
बुटिकले शुभारम्भ तथा नयांँ बर्षको अवसर पारेर १५ देखि ३५ प्रतिशत सम्म छुट दिएको उनले बताईन् । दक्ष कालिगढ एवंं डिजाइनरका साथ तयार पारिने यस बुटिकमा ६ जनाले रोजगारी पाएका छन । बुटिक तथा रेण्टल सपमा पोशाकका साथै मानिसहरुले पूजाआजा लगायत धार्मिक अनुष्ठानमा प्रयोग हुने सामाग्री, भांँडा कुडाका साथै कपडाहरु पनि पाइने उनले जानकारी दिइन् ।