चितवन । चितवन ।चितवनमा इटाली प्रविधिको होम एप्लायन्सको शोरुम फेबर प्लाटिनम स्टुडियो शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमका बीच भरतपुर बसपार्क रहेको ‘फेबर’ प्लाटिनम स्टुडियोको शुभारम्भ गरिएको हो ।
शोरुमको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे । सो क्रममा वडाध्यक्ष खनालले ‘फेबर’ ब्राण्ड अ हरेक घर,होटलको अत्यावश्यक उत्पादन भएको बताए । यस्ता गुणस्तरीय उत्पादन टिकाउ र बढी सुरक्षित समेत रहने उनले बताए । यस्ता शोरुम सञ्चालनले स्वउद्यम तथा रोजगार उत्पादनमा पनि सहयोग पुग्ने उनको भनाई थियो ।
चितवनमा शुभारम्भ भएको फेबरको यो १३ औं प्लाटिनम स्टुडियो तथा चितवनमा पहिलो शोरुम हो । काठमाडौंमा सात तथा, कोशी प्रदेशमा तीन तथा पोखरा, बुटवल र भरतपुरमा तीन गरी फेबर प्लाटिनम स्टुडियोको संख्या १३ पुगेको छ । नेपालमा युएचएस होल्डिंग्स प्रालिले इटालियन ब्राण्ड फेबरको सामानहरु आयात गरेर वितरण गर्दैआएको छ । फेबरले चिम्नी, ओभन, डिश वाशर, इलेक्ट्रिक चुल्हो, लगायत वाटर फिल्टर सामानहरु उत्पादन गर्दै आएको छ ।
युएचएस होल्डिंग्सका सेल्स डिरेक्टर नवराज कार्कीले नेपाली ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै देशभर १३ वटा प्लाटिनम स्टुडियोहरु विस्तार गरिएको जानकारी दिए । युएचएस होल्डिंग्सले नेपालमा बिगत १० वर्षदेखि फेबरको सामान बिक्री गर्दै आएको छ । उनले बजारमा उपलब्ध किचनका सामानहरुमा फेबरको उत्पादन सबै भन्दा गुणस्तरीय रहेको दाबी गरे । यही कारण नेपाली बजारमा फेबर अहिले धेरैको रोजाइमा पर्दै गएको उनको भनाइ थियो ।
यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तराष्ट्रिय स्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्त गरिरहेको उनले बताए । चितवनमा पनि यसको माग भईरहेको फेबर चितवनका सञ्चालक धुर्व भुसालले बताए ।
विश्व बजारमा ७ प्लान्ट सहित प्रमुख ६ देशहरु इटाली, स्वीडेन, फ्रान्स, टर्की अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।
सन् २००५ मा स्थापित युएचएस होल्डिंग्स प्रालि नेपालमा निर्माण सामग्री, मोड्युलर किचन लगायतको आयातकर्ता र वितरकको रुपमा स्थापित रहेको छ । युएचएस होल्डिंग्सले आवासीय र व्यावसायिक दुवै क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ ।