चितवन । चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु गरिएको छ। विरामी र सेवाग्राहीको सहजताकाृ लागि भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित समिट हेल्थकेयर हस्पिटल भरतपुरले यो प्रविधिबाट शेवा शुरु गरेको हो । अस्पतालका प्रबन्ध निर्देशक डां गौरव न्यौपानेले विरामीहरु यस किसिमको उपचारको लागि बाहिर नजाउन भन्ने उद्धेश्यले लेजर प्रविधि शुरु गरेको बताउनु भयो । ‘हाम्रो यो हस्पिटल प्रविधिमैत्री र विशेषज्ञ डाक्टरहरु सहितको सेवालाई प्राथमिकता दिएका छौं, उहांँले भन्नुभयो, यो प्रविधिले विरामीहरुको समय र अतिरिक्त खर्चको पनि बचत हुन्छ ।’
पछिल्लो समय खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोस भेनका बिरामीहरु पनि बढ्दै गएकोले यो प्रविधि भित्रयाईएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार लेजर प्रविधिबाट उपचार गर्दा विरामीलाई कम दुखाई र उपचार बढी प्रभावकारी हुन्छ । भेरिकोस भेनको लेजर प्रविधि भित्रिएपछि परीक्षणको लागि बिरामीहरु आउने गरेको डा. न्यौपानेले बताउनु भयो ।
भेरिकोस भेन्स घंँुडाभन्दा तल र पैताला भन्दा माथी नशा फुलेर छाला कालो हुने गर्दछ । शरीरमा बग्ने फोहोर रगत खुट्टामा जम्ने र पछि गएर छाला पोल्ने चिलाउने हुन्छ । यसको समयमै उपचार गर्नुपर्ने डा. थापाको भनाई छ । लेजर प्रविधिले चितवनमै यसको उपचार सजिलै गर्न सकिने डा. थापाले बताउनु भयो । डा थापाका अनुसार धेरै बेरसम्म उभिएर काम गर्ने व्यत्ति, गर्भावस्थाका विरामी, मोटोपन तथा बंशाणुगत गुणका कारणले यो समस्या हुने गर्दछ ।
के हो लेजर प्रविधि ?
सूचना प्रविधिको आजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि बिशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले विरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल लेजर प्रविधिबाट आंँखा, नाक कान घांँटी, मृगौलाको पत्थरी, ब्रेन ट्युमर , पाठेघर लगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंँदै आएको छ ।
समिट हेल्थकेयर अस्पतालमा यसका साथै विशिष्टिकृत सेवा अन्र्तगत अर्थोपेडिक र ट्रमा ,अवेष्ट्रिक्स र गाइनोकोलोजी , जनरल मेडिसिन, जनरल सर्जरी, इएनटी, रेडियो डाइगोनोसिस एण्ड इमेजिङ, एनेस्थेसिया,प्याथोलोजी लगायतका सेवाहरु उपलब्ध छन ।