काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकामा लागू गरिएको विगत पाँच महीनादेखिको निषेधाज्ञा हटाइएको छ ।
तीन ओटा जिल्ला प्रशासन कार्यालयको बुधवार बसेको संयुक्त बैठकले निषेधाज्ञा हटाउँदै अन्य आदेशहरू भने बिहीवारदेखि लागू हसने गरी आगामी भदौ मसान्तसम्म लागू गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएको छ ।
तर आदेशमा मालसामान ढुवानीको हकमा भने समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइने उल्लेख छ ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
आदेश अनुसार अव काठमाडौं उपत्यकामा स्थानीय तहले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले डीससीएमसीसँग समन्वय गर्नुपर्ने छ ।
यसैगरी आदेशमा बिहीवारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको पनि उल्लेख छ ।
हेर्नुस् सूचना :