काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने केन्द्रीय सदस्य कल्याण गुरूङले घोषणा गरेका छन्।
आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्।
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्। गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन्। युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन्।
पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका गुरुङले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो अर्को एजेण्डा भएको बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु