चितवन,। पूर्व जिल्ला सभापति विकास कोइराला कारवाही फुकुवाको माग गर्दै पार्टीका विभिन्न भातृसंगठनले विरोध गरेका छन । नेविसंघ र तरुण दलका पक्षधरहरुले आज कांग्रेस चितवन पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।।
नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले कारवाही फुकुवाको माग गर्दै पार्टी जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । अनुशासनको कारवाही भएको ६ वर्षपछि स्वतः खारेज हुने पार्टीको विधानमा भएपनि हालसम्म कारवाही फुकुवा नभएको ताम्राकारको भनाई छ ।
चितवन कांग्रेसका सभापति श्रेष्ठले ध्यानाकर्षण पत्र बुझ्दै कारवाही फुकुवा नभएकोमा अचम्मित भएको प्रतिक्रिया दिएका छन् । जिल्लाले कारवाही फुकुवा गर्न केन्द्रमा पत्र पठाएपनि सुनवाइ नभएको श्रेष्ठले बताए । जिल्ला बैठकमा फेरि कारवाही फुकुवाबारे छलफल गरिने उनको भनाइ छ ।
युवा नेता सूर्यहरि मरहट्ठाले विकास कोइरालाको क्रियाशील सदस्यता नआए चितवनमा कांग्रेसको चुनाव नै हुन नदिने चेतावनी दिएका छन ।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए । केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २०७० कात्तिक २ गते पार्टीले उनको साधारण सदस्यता समेत नरहने गरी खारेज गरेको थियो ।
अघिल्लो पटक भएको १२ औं महाधिवेशनबाट कोइराला जिल्ला सभापतिमा निर्वाचित भएका थिए । विकास कोइरालाले ८ वर्षसम्म पनि आफ्नो कारवाही फुकुवा नभएको भन्दै असन्तुष्टी जनाएका छन ।
पूर्व जिल्ला सभापति कोइरालाको फुकुवाको माग गर्दै कांँग्रेसका भातृसंगठनले गरे विरोध
पूर्व जिल्ला सभापति कोइरालाको फुकुवाको माग गर्दै कांँग्रेसका भातृसंगठनले गरे विरोध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु