चितवन । रोटरी अन्तर्राष्ट्रिय बाट चितवन रोटरी क्लबद्वारा २०२४–२५ मा सप्पन्न कामहरुलाई सम्मान गर्दै क्लब एक्सेलेन्स अवार्ड प्राप्त भएको छ। बर्ष २०२४–२५ डिस क्लबले शिक्षा ,स्वास्थ्य ,बाताबरण संरक्षण ,आर्थिक बिकास र महिला ससक्तिकरण मा विशेष कार्यक्रम सप्पन्न गरि समाजसेवामा उदारणिय र महत्वपुर्ण कार्यहरु गरेको भन्दै सम्मान गरिएको हो । ८९ जना सद्स्य रहेको त्यस क्लबको भरतपुर उकालोमा आफ्नै सुबिधा सम्पन्न कार्यलय भवन एबम मुटुको जाच एबम परामर्श दिने गरि कार्डियो केयर सेन्टर सन्चालनमा रहेको छ । बर्ष २०२४–२५ का अध्यक्ष रो. भानु शर्माको नेतृत्वमा १९ सदस्यीय बोर्ड सदस्य लगायत पुर्ब अध्यक्ष र सदस्य हरुले कार्य सप्पन्न गर्न महत्वपूर्ण भुमिका निभाएका थिए ।
यो बर्ष स्वास्थ सम्बन्धि माडीमा विशेषज्ञ सहितको २ दिने निःशुल्क हेल्थ क्याम्प ,स्कुलका बालबालिकाहरुको मुटु परिक्षण ,गणेसथानमा सम्पन्न महिला स्वास्थ्य शिविर,सिद्धिबिनायक मा.बि. मा दन्त सिबिर सप्पन्न गरिएको थियो ।
त्यसैगरी वाताबरण संरक्षण,पर्यटन प्रबद्र्धन र खेलकुद बिकासका लागि भरतपुर भ्रमण बर्ष २०२४ को सन्दर्भमा आयोजित अन्तरास्ट्रिय हेरिटेज म्याराथन ,स्वास्थ्यका लागि साइक्लििङ गरौ ¥यालि कार्यक्रम, पटिहानी र गणेशस्थान स्कूलमा सप्पन्न बृक्षारोपण जस्ता बिशेष उल्लेखनिय कार्यक्रम सप्पन्न भएको थियो। शिक्षाको उज्यालो बाट कोही पनि बञ्चित नहुन नपरोस र सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार होस भन्ने उदेश्य राखेर इच्छाकामना को दुर्गम पाम्डांँडा का बिद्यार्थिहरुलाइ एबम सिद्धि बिनायक मा बि का साना असक्त बाबु नानिहरुलाइ स्विटर बितरण,गोर्खा का चेपाङ छात्रबास का बिध्यार्थिहरुलाइ सिरक डसना बितरण,तनहु रिसिङमा छात्रवृत्ति बितरण सम्पन भएका थिए । रोटरी क्लब कै सहयोग र समन्वय मा देवघाट मा रहेको बृदाआस्रम र थाहा सदाब्रत दैनिक निसुल्क भोजन बितरण कार्यक्रम निरन्तर संचालित छ।
देवघाट गौरिटार को शुद्ध खानेपानी एबम लघु सिचाइ कार्यक्रम यही बर्ष सुरु भयेको थियो। यि बाहेक धेरै आन्तरिक एबम समुदाय केन्द्रित कार्यक्रमहरुको परिणाम स्वरुप उक्त एवार्ड क्लबले प्राप्त गर्न सफल भए को थियो । यस अबसरमा अध्यक्ष शर्माले बर्ष २०२४–२५ मा सहयोग गर्नुहुने सम्पुर्ण संघ सस्था एबम समाजसेवी महानुभावहरुलाइ धन्यबाद दिनु भयेको छ । धेरै मेहनत गर्नुहुने बोड्र्का सहपाठी मित्रहरू ,पुर्ब अध्यक्षहरु र सम्पुर्ण रोटरीयनलाई बधाइ दिनु भयो ।