चितवन । नारायणगढ – मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो जांँदा दुईतर्फी रुपमा सडक अवरुद्ध भएको छ । बिहान परेको अविरल बर्षाका कारण उक्त सडकखण्डमा पहिरो गएको हो ।
इच्छाकामना गाउँपालिका अन्तर्गत पांँचकिलो, चारकिलो, कालीखोला, र कुरिनटार नजिक घोप्टेभीर स्थानमा लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ । धेरै ठाउंँमा पहिरो गएकोले सडक कतिबेला खुल्छ अनिश्चित छ ।
बिहान करीब ७ बजेतिर पहिरो गएपनि अविरल बर्षाका कारण पहिरो पन्छाउन नसकिएकोले हालैमात्र पहिरो पन्छाउन लागिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानरान थापाले जानकारी दिनुभयो । धेरै ठाउंँमा पहिरो गएकोले कहिले खुल्छ भन्ने बिषयमा एकिन गर्न नसकिएको उहांँले बताउनु भयो । ‘कतै लेदो सहितको पहिरो, कतै ढुंगा सहितको पहिरो खसेको छ । थापाले भन्नुभयो , ३ वटा लोडरले काम गरिरहेको छ तर खुल्ने समय भने भन्न सकिदैन ।’