चितवन । देशकै तेस्रो पर्यटनको रुपमा चिनिएको सौराहामा हरेक बर्ष जस्र्तै यसपटक पनि हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । वन्यजन्तुको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यसहित १९ औ हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै चितवनको पर्यटकीय गन्तव्यलाई विश्व सामु पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपुर्ण गन्तव्य स्थलको रुपमा चिनाउनको लागि महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका कार्यक्रम संयोजक गुणराज थपलियाले बताए । पुष ११ देखि १३ गतृेसम्म चल्ने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक थपलियाले जानकारी दिए ।
उनका अनुसार, मानव वन्यजन्तु सह अस्तित्व, पर्यापर्यटन र सरक्षणमा हात्तीको महत्व सम्बन्धी चित्रकला प्रतियोगिता, विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम समेत महोत्सवमा हुनेछन् । सौराहामा वि.सं २०५५ सालबाट हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको हो ।
महोत्सवका नाममा हात्तीलाई दुःख दिँदै आएको भन्दै संरक्षणकर्मीबाट बिरोध हुँदै आएपछि पछिल्ला वर्षमा यसलाई परिस्कृत गरेर हात्तीका गतिविधिलाई संरक्षण मैत्री बनाउँदै लगिएको क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओम पाण्डेले बताए । हात्ती र पर्यटन सौराहाको पर्यायवाची जस्तै रहेको बताउँदै उनले महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे । महोत्सवमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आवागमन बृद्धि हुँदै आएको तथ्यांक छ । सो समयमा होटल तथा रेष्टुरेण्डमा खाना र आवासका लागि १० प्रतिशत छुट दिने आयोजकले जानकारी दिएको छ ।
सौराहामा रहेका ८० वटा हात्ती महोत्सवका विभिन्न गतिविधिमा सहभागी गराइने संघका महासचिव महेश खनालले बताए । उनले हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह अस्तित्वको जीवित उदाहरण रहेको भन्दै परम्परा, जिविकोपार्जन र संरक्षणमा सन्तुलन रहेको बताए ।
क्षेत्रीय होटल संघ नेपाल चितवन प्रमुख आयोजक रहेको महोत्सवको सहआयोजक युनाईटेड हात्ती सञ्चालन सकारी संस्था लिमिटेड, संरक्षकमा रत्ननगर नगरपालिका, प्रवद्र्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय सौराहा रहेका छन् ।









