चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित शिशु फर्टिलिटी क्लिनिकले शिशु होप फण्डको स्थापना गरेको छ । बुधवार क्लिनिकले एक कार्यक्रमकाबीच आईभीएफ आवश्यकता भएका तर उपचारमा आर्थिक अभाव भएका दम्पत्तीलाई लक्षित गर्दै फण्डको स्थापना गरेको हो ।
लायन्स क्लब अफ चितवन शिशु आइभीएफको सहकार्यमा फण्डको स्थापना गरिएको क्लिनिकका संचालक चिरञ्जिवी ढकालले जानकारी दिनुभयो ।‘ हामीले यो चार बर्षको अन्तरालमा आइभीएफ आवश्यक भएका तर खर्च रकम जुटाउन नसक्नु भएका जोडीहरु देख्यौं, उहांँले भन्नुभयो, उहांँहरुको सन्तान सुखको लागि यो फण्डको स्थापना गरेका हौ । यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।’
कार्यक्रममा लायन्स क्लब ३२५ आरका डिस्ट्रिक गर्भनर नवराज सापकोटा, क्लस्टर चिफ अजामिन ढकाल, रिजनल चेयरमेन बद्री घिमिरे, जोन चेयरमेन सन्तोष मझाकोटी , क्लिनिकका अर्का संचालक अविनाश भण्डारी , त्यस्तै सञ्चालक द्वय सवीना बजगाई, शुशीला क्षेत्री लगायतको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै गर्भनर सापकोटाले निम्नवर्गीय निसन्तान दम्पत्तीको लागि शिशु होप फण्डको स्थापना वरदान सावित हुने बताउनु भयो । सन्तान सुख सबैभन्दा ठूलो सुख रहेको भन्दै उहांँले यस कार्यमा लायन्स क्लबले हातेमालो गर्दै जाने बताउनु भयो ।
क्लिनिकका संचालक भण्डारीले यो फण्ड स्थापना सँगै भारी छुटका साथ निःसन्तान दम्पत्तीको उपचार गर्दै लैजाने बताउनु भयो । ‘हामीले यो फण्डको स्थापनाको लागि थोरै रकम राखेर शुरु गरेका छौं, उहाँले भन्नुभयो यो कोषमा जोकोहीले जतिसुकै रकम पनि सहयोग गर्नुसक्नुहुनेछ ।’
कार्यक्रममा फण्डको स्थापनाको लागि आजनै संचालक द्धय ढकाल र भण्डारीले एक’ एक लाख जम्मा गर्नुभएको छ । यसैबीच क्लिनिकले चारबर्षको अवधिमा करिब ६ सय दम्पत्तीको सफल उपचार गरी सन्तान सुख दिएको जानकारी दिएको छ ।









