चितवन, १० माघ । नारायणी नदी किनारस्थित प्रर्दशनी मार्गमा जारी नारायणी एक्सपो २०८२ मा विभिन्न कलाकारहरुले प्रस्तुति दिने भएका छन् । आज चर्चित गायिका टिका प्रसाईसहित गायक सञ्जित सिं राना र अधुनिक गायिका सपना रोक्काले प्रस्तुति दिने एक्सपोका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।
पुस ३० देखि सुरु भएको एक्सपोको आयोजक रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट रेहेको छ भने सहआयोजकको रुपमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद चितवन रहेको छ ।
। एक्सपोमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेका छन् । एक्सपोमा दैनिक रुपमा अवलोकनकर्ताको संख्यामा वृद्धि हुँदै गएको छ ।
एक्सपोमा अमेरिकामा रहेको स्ट्याचु अफ लिभर्टीको मूर्ति राखिएको छ । लिभर्टीमा फोटो खिच्नेको आर्कषण बढेर गएको छ ।एक्सपोमा लण्डन ब्रिजसहित लण्डन सिटी इफेल टावारसहित पेरिस सिटी र कश्मिर भ्याली आकर्षणको रुपमा रहेको छ ।एक्सपोमा बाल उद्यान विभिन्न प्रकारका खानेकुराका परिकारसहितका रेष्टुरेण्ट पनि रहेकाे छ । एक्सपोमा भोलिबाट दर्शकको संख्यामा भारी वृद्धि भएर जाने आयोजकले अपेक्षा लिएको छ । चितवनमा सञ्चालन भएको अन्य महोत्सव सकिएकाले नारायणी किनारमा भिड बढ्ने अपेक्षा आयोजकले लिएको छ ।
स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको संयोजक पाल्टेन लामाको भनाइ छ ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको र ज्येष्ठ नागरिक र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।











