चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ धर्मचोक लङ्कु स्थित लक्ष्मी माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आइतवार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौडाका महानिर्देशक गोपाल प्रसाद कंडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
समारोहमा भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । साथै निवृत्त प्रधानाध्यापक रेशमबाबु ढकालको सम्मानपूर्वक बिदाइ पनि गरिएको छ।
आइतवार नै विद्यालयद्वारा सञ्चालित अक्षयकोषबाट ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको
विद्यालयका प्रधानाध्यापक सूर्यकुमार बरालले जानकारी दिनुभयो ।
प्रधानाध्यापक बरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
विक्रम सम्वत २०२० सालमा नारायणी प्राथमिक विद्यालयको नाममा स्थापना भएको यस विद्यालयको नाम २०४० सालमा परिवर्तन गरी लक्ष्मी माध्यमिक विद्यालय राखिएको हो।
हाल १२ कक्षा सम्म अध्ययन हुने यस विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ४१ जना शिक्षक तथा कर्मचारी कार्यरत उहांँले बताउनु भयो र
शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासमा लक्ष्मी माध्यमिक विद्यालयले खेलेको भूमिकालाई उपस्थित अतिथिहरूले प्रशंसा गरेका थिए ।











