चितवन । आयात प्रतिस्थापन गरी निर्यात प्रर्वद्धन गर्ने उद्धेश्य सहित चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा यही चैत्र २७ देखि २९ गतेसम्म दशौं अन्तरराष्ट्रिय औद्योगिक प्रर्दशनी हुन लागेको हो ।
आयोजकले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
सो अवसरमा संघका अध्यक्ष मदन घिमिरेले उद्यमशिलता विकास मार्फत नयांँ उद्यमी सिर्जना गर्न, औद्योगिक उत्पादकत्व वृद्धि गर्न , औद्या्गिक पूर्वाधारको विकासका लागि उद्योगमैत्री निर्माणमा वहस पैरवी साथै रोजगारी सिर्जन गर्ने उद्धेश्यले यो प्रर्दशनी गर्न लागिएको बताए ।
æअहिलेको सरकारले उद्योगी व्यवसायीलाई केही सहज वातावरण गरेको महसुस गरेका छौं, उनले भने , साथै प्रर्दशनीबाट नवीनतम प्रविधि, ज्ञानको पनि आदान प्रदान हुन्छ ।æ विभिन्न उद्योगका उत्पादन प्रविधि तथा उद्योगी तथा व्यवसायीलाई एकै ठाउंँमा राखी उद्यमशीलताको प्रर्वद्धन गर्ने उद्धेश्यले औद्योगिक प्रर्दशन गर्न लागिएको हो ।
प्रर्दशनीमा बिशेष आकर्षणको रुपमा स्वदेशी उत्पादनको प्रर्वद्धन गर्न æमेक इन नेपाल स्वेदेशी अभियानæ को उत्पादन तथा प्रविधि प्रर्दशन गरिने छ । प्रर्दशनीमा हस्तकला , गार्मेन्ट, निर्माणजन्य सामाग्रीहरु , प्लाष्टिक, प्रिन्टिङ्ग, प्याकेजिङ्ग कृषि , उर्जा लगायतका उत्पादनको प्रर्दशनी गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुंँच पुर्याउन मदत पुग्ने अध्यक्ष घिमिरेको भनाई छ ।
प्रर्दशनीमा सयभन्दा बढी स्टलहरु रहने र २५ हजार भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहने संघका उपाध्यक्ष तथा प्रर्दशनीका संयोजक गजेन्द्र अधिकारी जानकारी दिए । उनका अनुसार प्रर्दशनीको तयारी तीब्र भईरहेको र सबै स्टल बुकिङ्ग भईसकेको छ ।
प्रर्दशनीको उद्धघाटन वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले गर्ने कार्यक्रम रहेको छ ।
प्रर्दशनीले नेपालको औद्योगिक भविष्यलाई नयांँ दिशा प्रदान गर्ने र समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको सपना साकार पार्न मदत पुग्ने आयोजकको विश्वास छ ।







