चितवन । चितवनको माडी नगरपालिका–८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा माडी नगरपालिका–८ निवासी अन्दाजी ३६ वर्षीय पूर्ण बहादुर प्रजा रहेका छन । अर्का १४ बर्षीय अभिषेक परियार घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार -आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड गरेको प्रदेश २–०३–००१ त ७३०७ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अगाडिको भाग उठ्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा प्रजा ट्याक्टरको स्टेरिङमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो । सोही ट्याक्टरमा मजदुरका रूपमा कार्यरत परियारकोे हात भाँचिएकोमा उपचार भई डिस्चार्ज भएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



