चितवन । भरतपुर १० सिथ्त पुष्पाञ्जली हस्पिटल प्रा.लि. र कृषि विकास बैंकका पूर्वकर्मचारी समाज मकवानपुरबीच स्वास्थ्य उपचारमा सहुलियत सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख तथा सूचना अधिकारी केदारप्रसाद सुवेदी र कृषि विकास बैंक पूर्वकर्मचारी समाज मकवानपुरका अध्यक्ष गोकुलकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता पत्रमा समाजका पदाधिकारी, कार्यसमिति, कर्मचारी र उनीहरुका परिवारका
सदस्यसमेतको पुष्पाञ्जली हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा २५ प्रतिशतसम्म छूट सुविधा लागू हुने उल्लेख छ ।
कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष गुरुप्रसाद पन्त, प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी लगायतको रोहवरमा दुई पक्षबीच सम्झौता भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु







