लाओस । चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता पत्रमा नेपाल र लाओसका उद्यम, संस्था, फर्म र उद्यमीहरू बीचको सम्पर्क विस्तार गर्ने, अर्थतन्त्र र विदेशी व्यापार, व्यवसायिक गतिविधिहरूको क्षेत्रमा नियम र चलनहरू साथै दुवै देशको बजारमा सञ्चालनको जानकारी आदानप्रदान गर्ने, औद्योगिक प्रवद्र्धनको विकासका लागि सेमिनार, सम्मेलन मार्फत व्यवसायिक सर्कलका प्रतिनिधिहरूसँग सम्बन्ध स्थापित गर्ने नेपाल र लाओस दुवै देशहरुमा आयोजना हुने औद्योगिक प्रदर्शनी, मेलाहरुका लागि सहकार्य गर्ने लगायतका विषयमा काम गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा २०८३ जेष्ठ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय औद्योगिक भ्रमणमा लाओसका औद्योगिक क्षेत्र, खानी उद्योगहरु, विद्युत गृह, उत्पादनमूलक उद्योगहरु र पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको अवलोकन हुनेछ ।
भ्रमणमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, संघका पूर्व अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु प्रमेश्वर भण्डारी, विशाल चापागाईँ, कार्य समिति सदस्यहरु खिल प्रसाद घिमिरे, अर्जुन सापकोटा, उद्योगीहरु बिष्णु प्रसाद घिमिरे र पुष्कर पौडेलको समेत सहभागिता रहेको छ ।
चितवन उद्योग संघको वार्षिक कार्ययोजना अनुरुप सञ्चालन भएको सातदिने अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन भ्रमणलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईंले संयोजन गर्नुभएको थियो ।







