चितवन । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनले राष्ट्रिय नदी संरक्षण पुरस्कार स्थापनाको घोषण गरेको छ । विश्व वातावारण दिवसको अवसर पारेर शुक्रबार एक कार्यक्रमकाबीच अभियानले उक्त पुरस्कारको घोषणा गरेको हो ।
साहित्यकार , पर्यावरणकर्मी र पत्रकारलाई प्रोत्साहन गर्ने उद्धेश्यसहित पुरस्कारको घोषणा गरिएको संस्थाले जनाएको छ । नेपालका नदी जलाधार, सिमसार क्षेत्र र जलचरको संरक्षणमा भुईतहमा रहेर विशिष्ट योगदान पुरयाउने त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई उर्जा र हौसला दिन उक्त पुरस्कारको स्थापना गरिएको अभियानका संस्थापक अपिल घिमिरेले जानकारी दिनु भयो । उहांँका अनुसार हरेक बर्ष मंसिर १ गते राप्ती नदी दिवसका दिन पुरस्कार वितरण गरिनेछ । पुरस्कारको राशी हरेक विधाका लागि २५ हजार रुपैंया तोकिएको छ । साथै पुरस्कृतले प्रमाणपत्र र दोसल्ला पाउनेछन । देशभरका नदीहरुको बारेमा प्रतियोगीले गरेको योगदानको आधारमा विजेताको छनोट विज्ञटोलीद्धारा गरिने घिमिरेले बताउनु भयो ।
पुरस्कार योग्य व्यक्ति तथा संस्थाले मेचीदेखि महाकाली सम्मका नदीहरुका पर्यावरण र जलचर जोगाउन कम्तीमा तीनबर्ष देखि सक्रिय हुनुपर्नेछ । हरेक बर्षको कात्तिक महिनाको मसान्तभित्र टोटीले सिफारिश गर्नेछ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले एकदशक भन्दा अघिदेखि …राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता , राप्ती नदीको जलाधार जन्तुहरुको बांँच्ने आधारÚ भन्ने मुलनाराका साथ यो अभियान शुरु भएको हो । संस्थाले राप्ती नदीको उद्धगम र बहाव क्षेत्रलाई मध्यनजर गर्दै यसले मुख्यतया मकवानपुर र चितवनका हेटौंडा , मनोहरी, लोथर, सौराहा पटिहानी, जगतपुर मेघौली र गोलाघाटका क्षेत्रहरु समेटेर सरसफाइ र संरक्षण अभियानलाई निरन्तरता दिंँदै आएको छ ।
यसैबीच विश्व वातावरण दिवसको अवसरमा राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको अगुवाईमा नदी तटीय क्षेत्रमा भ्रमण , सचेतना लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्य, पर्या साहित्यकर्मीहरु ईश्वर कंडेल, भुपिन खड्का प्रकाश चापागाई , गणेश शर्मा एवंं संरक्षणकर्मी, पर्यटन व्यवसायी, संषर्षशील दिदी बहिनी समुह, धनौजी टोल विकास संस्था लगायतको सहभागिता रहेको थियो







