चितवन । भरतपुरमहानगरपालिका वडा नम्बर ११ स्थित युनाइटेड टेक्निकल कलेज -यू–टेक), भरतपुरमा International Conference on Digital Technology and Infrastructure in Engineering and Allied Sciences @)@^Æ सम्पन्न भएको छ । सम्मेलनमा इन्जिनियरिङ, डिजिटल प्रविधि, पूर्वाधार विकास तथा दिगो निर्माणका विषयमा केन्द्रित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णुराज तिवारीले गर्नुभएको थियो। उद्घाटनपछि बोल्दै डा.तिवारीले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. सुबर्ण शाक्य, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल -क्इत्भ्ल्) का अध्यक्ष डा. हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर तथा पूर्वाधार विज्ञ इन्जिनियर बाबुराम उपाध्याय एवं सम्मेलन संयोजक डा. सुरज लामिछाने लगायतले मन्तव्य दिनुभएको थियो ।
सो अवसरमा इन्जिनियर बाबुराम उपाध्यायले नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। दिगो पूर्वाधार विकास, प्रविधिमैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्वपूर्ण योगदान पुग्ने उहांँको भनाई थियो ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। सम्मेलनको विशेष सत्रमा अन्तर्राष्ट्रिय विज्ञ ग्यारी डे पोमेराईले æभूकम्पसम्बन्धी पूर्वसूचना प्रणालीमा कृत्रिम बुद्धिमत्ताको भूमिकाÆ विषयमा प्रस्तुति दिनुभएको थियो भने प्रा. डा. सुबर्ण शाक्यले AI–Driven Digital Governance Framework for Sustainable Infrastructure DevelopmentÆ विषयमा मुख्य वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
सम्मेलनमा देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धानपत्रमाथि प्रस्तुति, छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए।
युनाइटेड टेक्निकल कलेजका प्राचार्य तथा सम्मेलन अध्यक्ष प्रा. डा. माधव प्रसाद कोइरालाले सम्मेलनले अनुसन्धान, नवप्रवर्तन तथा दिगो विकाससम्बन्धी बहसलाई थप प्रभावकारी बनाएको बताउनुभयो। उहाँले शैक्षिक संस्था, उद्योग तथा सरोकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
युनाइटेड टेक्निकल कलेजका प्राचार्य तथा सम्मेलन अध्यक्ष प्रा. डा. माधव प्रसाद कोइरालाले सम्मेलनले अनुसन्धान, नवप्रवर्तन तथा दिगो विकाससम्बन्धी बहसलाई थप प्रभावकारी बनाएको बताउनुभयो। उहाँले शैक्षिक संस्था, उद्योग तथा सरोकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।








