भरतपुर÷भरतपुरको मिलनचोक स्थित युरो मोटर्स प्रा.लि.ले नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघका केन्द्रीय अध्यक्ष विपेन्द्र रामुदामु (विपिन) लाई स्वागत एवं सम्मान गरेको छ । बिहीबार युरो माटर्स प्रालि.को कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नवनियुक्त अध्यक्ष रामुदामुलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा युरो माटर्सका डाइरेक्टर एवं चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै अटोमोवाईल क्षेत्रका समस्याको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल दलित संघका केन्द्रीय अध्यक्ष विपेन्द्र रामुदामु (विपिन)ले अटोमोवाई क्षेत्रका समस्याको वारेमा आफु जानकार रहेको वताउँदै सास्या समाधानको लागि आफ्नो ठाउँवाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा युरो माटर्सका अध्यक्ष रुविन रामुदामु, प्रबन्ध निर्देशक कमलनाथ अधिकारी, डाइरेक्टरहरु उज्वल श्रेष्ठ, गोपाल भट्टराई, विकास वर्मा, कपिलसागर कर्माचार्य, रवि श्रेष्ठ, प्रंकज अग्रवाल लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । युरो मोटर्सले सिजि कम्पनिद्धारा बजारमा ल्याइएको किङलङका विभिन्न प्रकारका गाडीहरु विक्री वितरण गर्दै आएको छ ।
पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा रामुदामुलाई नियुक्त गर्नु भएको हो ।







