चितवन । रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ अन्तर्गतका १६ वटा रोटरी क्लबहरूको सहभागितामा ICT Workshop सम्बन्धी पूर्वतयारी अनलाइन बैठक Google Meet मार्फत सम्पन्न भएको छ।
रोटरी डिस्ट्रिक्ट ३२९२ IT कमिटीका चेयर *रो. राज श्रेष्ठको अध्यक्षतामा सप्पन्न उक्त बैठकको सञ्चालन रिजनल चेयर एबम चितवन रोटरी क्लबका पुर्ब अध्यक्ष रो. भानु शर्माले गर्नुभएको थियो। बैठक मा असिस्टेन्ट गभर्नरहरु रो.डा.रेबन्त भट्टराई ,रो.भरत पोख्रेल ,रो.सुमन श्रेष्ठ को विशेष उपस्थिती रहेको थियो ।
बैठकमा सहभागी विभिन्न क्लबका अध्यक्षहरूले रोटरी क्लबहरूमा क्लबमा भएका समस्या र सुचना प्रविधि र ICT Workshop को आवश्यकता तथा महत्त्वका विषयमा आफ्ना महत्त्वपूर्ण विचार एवं सुझावहरू व्यक्त गर्नुभयो। साथै, IT कमिटीका को-चेयर रोटेरियन निर्मल ढकालले पनि Workshop को सान्दर्भिकता र प्रभावकारिताबारे आफ्नो धारणा राख्नुभएको थियो।









