चितवन, २० भदौ – चितवनमा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान र जवरजस्ति करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका हुन्।
प्रहरीले चितवन जिल्ला अदालतबाट २०७७ असोज २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना तोकिएका रत्ननगर नगरपालिका ९ बस्ने बर्ष २० का संजित बस्नेतलाई पक्राउ गरेको हो।
यस्तै चितवन जिल्ला अदालतबाट नै २०६८ माघ १२ गते जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद र १० हजार जरिवाना तोकिएका रत्ननगर ८ बस्ने बर्ष ३१ को अशोक श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु दुवैलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराईएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु