चितवन । नेपाली कांँग्रेसको १५ औं महाधिवेशन अन्र्तगत देशभर सरगर्मी ह्वात्तै बढिरहेका बेला चितवनमा पनि चुनावी माहोल तातेको छ । वडा नगरको अधिवेशन सकिए लगत्तै नेता तथा उम्मेदवार क्षेत्रीय सभापतिको लागि चुनावी मैदानमा होमिएका छन । उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न चुनावी घरदैलो र प्रचार प्रसारमा व्यस्त छन । चितवनको क्षेत्र नम्बर २ को क्षत्रीय सभापतिका लागि पनि विभिन्न उम्मेदवारहले आफ्नो उम्मेदवारी दिएका छन । आफ्ना एजेण्डा र योजनालाई अघि सार्दै उम्मेदवारहरु मत माग्न सक्रिय छन । ती मध्येका होनाहार, निडर, आंँटिला र स्पष्ट वक्ताका रुपमा चितवन क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवारका रुपमा केशव महर्जन अघि सरेका छन । विपीको बाटो आर्दश, सिद्धान्त र मार्गदर्शनलाई अनुसरण गर्दै चुनावी मैदानमा होमिएको महर्जन बताउंँछन । झण्डै सांँढे तिन दशकको आफ्नो सक्रिय र सबल राजनीतिकका कारण पनि आफ्नो जित सुनिश्चित रहने उनको दाबी छ ।
को हुन केशव महर्जन ?
हक्की स्वभाव निडर र मिलनसार स्वभावका केशव महर्जन नेविसंघ, तरुणदल हुंँदै नेपाली कांंँग्रेसको सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन । नेपाली कांँग्रेसको १२ औं महाधिवेशन बाट उनी दुईपटक भरतपुर वडा नम्बर १ को दुई कार्यकाल वडा सभापति हुन सफल भए ।
यस्तै नेपाली कांँग्रेसको १३ औ. महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका महर्जन त्यसपछि नेपाली कांँग्रेस जिल्लाा कांँग्रेस जिल्ला कार्यसमिति सदस्य हुंँदै उनले २०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १मा अध्यक्षको रुपमा जित हासिल गरे । सामाजिक र आर्थिक राजनैतिक रुपान्तरणलाई मुख्य समृद्धिको आधार मान्ने महर्जन चितवन कांँ्रग्रेसको राजनीतिमा परिपक्व नेताको रुपमा परिचित छन ।
विद्यार्थीकालमा विभिन्न आन्दोलन, प्रर्दशन, रयाली, छलफल मा सहभागी हुंँदै आएका महर्जन कांँग्रेसको लागि अब्बल व्यक्तित्वका रुपमा चिनिन्छन । समयको माग संँगै पुस्तान्तरण , रुपान्तरण, हस्तान्तरण गर्दै जानुपर्ने आवाज उठाउने महर्जन राजनीतिलाई पेशाका रुपमा नभई सेवाको रुपमा लिनुपर्ने बताउंँछन ।
उनको उम्मेदवारी किन ?
नेपाली कांँग्रेसको राजनीतिबाट समाज रुपान्तरण गर्न ।
नेपाली कांँग्रेसको मुल्य मान्यता र सिद्धान्तलाई स्थापित गर्न ।
विपी कोइरालाको सिद्धान्त , आर्दश र मार्गदर्शनलाई स्थापित गर्न ।
नेपाली कांँग्रेसको राजनीतिको माध्यमबाट राष्ट्रमुखी, नागरिकमुखी र उत्तरदायित्वको भुमिका निभाउन ।
युवालाई जोडदै कांँग्रेसलाई बलियो बनाउंन ।
एक व्यक्ति एक पदलाई स्थापित गर्न ।











