चितवन, २२ भदौ – चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघको बच्चा (पोथी डम्मरु ) मृत फेला परेको छ ।
मंगलबार निकुञ्जको पूर्वी सेक्टर सौराहा क्षेत्रको कोर इलाकामा २/३ महिनाको पोथी डमरू मृत फेला परेको सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक स्थलगत अध्ययनबाट माउसँग छुट्टिएपछि भोकाएको कारण उक्त डमरूको मृत्यु भएको हुन सक्ने देखिएको छ ।
पोथी डमरूको पोस्टमार्टम गरि थप परीक्षणका लागि नमुना संकलन गरेर भेटेरेनरी शाखा पठाइएको उनले बताए । चालु आर्थिक वर्षमा मृत भेटिएको यो पहिलो बाघ हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु