काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको बैठकपनि अवरुद्ध गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा एमाले राष्ट्रियसभा सदस्यहरूले पार्टीले गरेका १४ सांसदमाथिको कारबाहीको सूचना नटाँसिएकाे भन्दै उठेर बिरोध जनाएका थिए ।
बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल देवकोटाले सभामुखले वकिल र सभामुखको भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए । त्यस्तै सभामुख सापकोटाले पदको गरिमा राख्न नसकेको उनले बताए । उनले सभामुखले आफ्नो गतिविधि नसच्चाएसम्म बैठक चल्न नसक्ने बताए ।
एमाले सदस्यहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको विषयलाई त्यहीबाटै निरूपण गर्नुपर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर, एमाले सदस्यहरूले नमानेपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु