काठमाडौं । आईएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली बिहीबार सर्बियाको बेल्ग्रेड प्रस्थान गर्दैछ ।
सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार, तेजस्वि फाइजु, पलिस्था महर्जन र यात्रा कार्की रहेका छन् । तेक्वान्दो खेलाडीमा सुजल कार्की, लवाङ लामा, शेख इरफान, प्रतिष्ठा केसी, सुविना तामाङ र सिमानी लामा छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु