मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । बुधबार (८ सेप्टेम्बरमा) उनकी आमा अरुणा भाटियाको अस्पतलामा उपचारको क्रममा निधन भएको हो । आमालाई आईसीयूमा झर्ना गरिएको थाहा पाउनेबित्तिकै गएको सोमबार मात्रै उनी बेलायतमा छायांकन बीचमै रोकेर भारत आएका थिए ।
आमाको दाहसंस्कारको काम सकाएर उनी दुई दिनमै पुनः आफ्नो काममा फर्किएका छन् । भारत फर्किंदा पनि उनले निर्माण टिमलाई उनीबिनाका दृश्यहरू छायांकन नरोक्न भनेका थिए । उनी आफ्नो कारणले प्रोफेसनल पाटोमा कुनै समस्या खडा गर्न चाहँदैनन् । त्यसैले उनी फेरि काममा फर्किएका हुन् । कारण, करोडौँ लगानीमा बन्ने चलचित्रमा उनी आफ्नो कारणले निर्माताहरूलाई आर्थिक भार पर्न दिन चाहँदैनन् ।
उनी नाम गोप्य रहेको रञ्जीत तिवारीको निर्देशनमा बन्दै गरेको चलचित्रका लागि पछिल्लो समय बेलायतमा थिए । चलचित्र साइकोलोजिकल थ्रिलर रहनेछ । यसका लागि अक्षय सेप्टेम्बर महिनाभरि बेलायतमा हुनेछन् ।
चलचित्रमा अक्षयका साथै अभिनेत्री रकुलप्रित सिंह पनि लिड भूमिकामा देखिनेछिन् । नवभारत टाइम्सबाट ।