काठमाडौं – दोलखा प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक पक्राउ गरेका छन्। पक्राउ पर्नेमा हाल काठमाडौंको टोखा बस्दै आएका बैतेश्वर गाँउपालिका ८ का २३ वर्षीय सुजन जिरेल रहेका छन्।
उनले प्रेमिकासँग विवाद भएपछि मोबाइलसमेत खोसी लिई फेसबुक, इन्स्ट्राग्राममा अश्लील फोटो, भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई काभ्रेको पाँचखालमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीका साेमबार महानगरीय प्रहरी परिसर पठाइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु









