चितवन, ३० भदौ – चितवनमा कोभिड १९ संक्रमण नहुने सुनिश्चितता सहितको मापदण्ड तयार भएपछि मात्र सिनेमा हल खोल्ने बारे निर्णय हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्दै सिनेमा हल सन्चालनका लागि सम्बन्धित व्यवसायीहरुसंग समन्वय गरेर मात्र निर्णय गरिएको जनाएको छ ।
बुधवार जारी आदेशमा सभा,सम्मेलन,प्रर्दशन,भेला,जात्रा तथा महोत्सव गर्न रोक लगाइएको छ भने कानुन बमोजिम गर्नै पर्ने साधारण सभा, सम्मेलन तथा अधिवेशन भने जनस्वास्थ्यको निर्धारित मापदण्ड पलना गरी गर्न पाइने उल्लेख छ । यस बाहेकका अन्य सेवालाई भने यस अघिकै आदेश अनुसार निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु