काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको उडानद्वारा मंगलबार काठमाडौंबाट विराटनगर जान लागेका दुई यात्री दुई करोड २४ लाखभन्दा बढी रुपैयाँ बराबरका गहनासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी छन् ।
प्रहरीका अनुसार मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका गरगहना बरामद भएका हुन् । बरामद भएका गहनाको तौल तीन हजार ३६० ग्राम र बजार मूल्य दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबर भएको प्रहरीले जनाएको छ ।
सुनका गरगहनाहरू आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले बुधबार जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु