चितवन । रामजी लामिछानेद्धारा निर्देशित म्युजिक भिडियो ‘म त डुब्दै डुब्दै’ सार्वजनिक गरिएको छ ।
असोज १ गते परेको राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर उक्त भिडियो आज सार्वजनिक गरिएको हो ।
द डिभाईन म्युजिक तथा बोन्ड्स फिल्म प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको म्युजिक भिडियो “म त डुब्दै डुब्दैमा अर्जुन पोखरेलको शब्द र संगीत संयोजन रहेको छ भने गीतमा किरण गजमेर तथा ममता गुरुङ्गको स्वर दिएका छन ।
भिडियोमा पुष्प खड्का र श्रेया सिटौला मुख्य अभिनय रहेको निर्देशक लामिछानेले बताए । उनका अनुसार उक्त म्यूजिक भिडियो प्रेममा आधारित मनोरञ्जनात्मक गीत रहेको छ । गीत समसामयिक र युगल जोडीलाई लक्षित गर्दै निर्माण गरिएकोले दर्शकले मन पराउने निर्माता नवीन के शर्माले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु