चितवन, ०२ असोज – नेकपा एसले चितवनमा पत्रकारहरुको जिल्ला शाखा गठन गरेको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक, डिलकुमारी नेपाल चयन भएका छन् । प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायतले नयाँ कार्यसमितिलाई गठन गरेका हुन् । जिल्ला भेलाले गठन गरेको कार्यसमितिलाई सक्रिय बनाइने जनाइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु