चितवन । चितवनको सौराहामा विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि ‘आधारभूत मानवीय मापदण्ड बिषयक’ प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ ।
स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो । एसियाली विपद पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज बाट शुरु भएको हो ।
जिल्लामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक ,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन,नीति निर्देशिका र नियमावलीका बिषयमा प्रशिक्षण दिइएको थियो । एडीपीसीका राष्ट्रिय जनप्रतिनिधि मानबहादुर थापाले नेपाल प्राकृतिक प्रकोप र विपदको उच्च जोखिममा रहेकोले यसको न्यूनिकरण र व्यवस्थापनका बारेमा स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई पांँच दिन प्रशिक्षक प्रशिक्षण दिईएको बताए । ‘हामीले विपदको क्षेत्रमा नेपालमा धेरै काम गर्दै आएका छौ थापाले भने, अहिले चितवनका पांँच पालिकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिएका हौंं ।’
हाल भरतपुर महानगर पालिका, रत्नननगर नगरपालिका, खैरहनी , कालिका र राप्तीकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिईएको र अन्य दुई पालिका माडी नगरपालिका र ईच्छाकामनाका श्रोत व्यक्तिलाई छिट्टैनै प्रशिक्षण दिईने थापाले बताए । उनका अनुसार श्रोत व्यक्तिले यस प्रशिक्षक प्रशिक्षणबाट आफ्नो मातहत तथा अन्य सरोकारवाल निकायका अन्य प्रतिनिधिलाई प्रशिक्षण दिनेछन ।
प्रशिक्षक प्रशिक्षणको उद्धेश्यबारे बोल्दै थापाले भने, ‘यसको मुख्य उद्धेश्य विपद जोखिम न्यूनिकरण बारे ज्ञान , सचेतना दिनुका साथै विपद प्रभावितका अधिकारबारे प्रशिक्षण गराउनु र विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नुनै हो ।’ कार्यक्रममा एडीपीसीका तर्फबाट सुनील सुन शाक्यले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विपद जोखिम न्यूनिकरण सम्बन्धी गैह्रसरकारी संस्थाका प्रतिनिधि , गृहमन्त्रालय र संघीय मामिला तथा समन्वय मन्त्रालयका वरिष्ठ अधिकृत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी ग्रैह सरकारी संस्थाका रुपमा डिपीनेट, एआइन, एपीपी ,एनडीआरसी, एनडीआरएन, बिल मिलिण्डा गेट्स फाउण्डेसन रहेका छन । प्रशिक्षक प्रशिषण कार्यक्रम असोज ८ गतेसम्म चल्नेछ ।