चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई निरन्तरता दिन थालेकोे छ । उपभोक्ताबाट गुनासोहरु आउन थालेपछि र चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनमा महानगरले सक्रियता देखाएको हो । अनुगमनका क्रममा दोषी भेटिएका व्यवसायीलाई उपभोक्ता हित विपरितका कार्य गरिएको भरतपुर महानगरका अनुगमन समितिका संयोजक थानेश्वर सापकोटाले बताए । सोमबार बालकुमारी तरकारी बजारमा माछा मासु पसलहरुको अनुगमन गरेको र मुखिया मिट सप्लार्यसबाट अखाद्य रंग बरामद गरेको सापकोटाले जानकारी दिए ।
अनुगमनका क्रममा धर्मचोकको न्यु खरेल ईन्टरप्राईजेजमा म्याद नाघेका खाद्य सामाग्री बरामद गरिएको उनले बताए ।त्यहाँबाट चोकोपन १२ प्याकेट , ल्याक्टोजिन ६ प्याकेट , मुग दाल ४१ प्याकेट बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै लक्ष्मि मदिरा पसलमा ५ वटा १२ सिर्गे क्यान बियर म्याद सकिएको फेला परेको पनि काफ्लेले बताए ।
त्यसलाई बरामद गरी बिल सहित कार्यालयमा हाजिर हुन निर्देशन गरेको काफ्ले बताउँछन् ।
महानगरले भरतपुर महानगरको २९ नम्वर वडा जुगेडीका बिभिन्न होटल मदिरा पसल र किराना पसलहरुको पनि अनुगमन गरिरहेको उनले बताए । त्यस्तै रामनगरको थकाली भान्साघरमा पनि अनुगमन गरेको बताइन्छ । अनुगमनका क्रममा होटलहरुमा सरसफाईमा ध्यान नदिएको पाईएको सापकोटाले बताए ।
सबैलाई आफुहरुले निर्देशन दिएको र फेरी पनि लापरबार्ही भए कारबाही हुने उनी बताउछन् ।कोरोनाका कारण बजार अनुगमन पनि नभएको मौका छोपी व्यवसायीहरुले म्याद गुज्रेका र अखाद्य बस्तु मिसिएका गुणस्तरहिन खाद्य सामाग्री बिक्री गर्ने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।
नगर प्रहरी अधिकृत तथा अनुगमन समिति सदस्य प्रहरी सहाय निरीक्षक कृष्ण प्रसाद सापकोटाले अनुगमनका क्रममा आफुहरुले पहिलो चरणमा सचेतना दिने काम लाई प्राथमिकतामा राखेको र पटक पटक पनि गल्ति गरेको भेटिएमा नगदसहित जरिवाना समेत गर्ने गरेको बताए ।
बजार अनुगमन लाई निरन्तर अगाडी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।