भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित स्याउली बजारमा इन्ट्रास प्रिपेरेसन कक्षाका लागि एचिभर्स एजुकेशनल एकेडेमी सञ्चालनमा आएको छ । एसईई र १२ कक्षा पास हुने विद्यार्थीलाई लक्षित गर्दै सहज रुपमा अध्ययन अध्यापन गराउने उद्धेश्यले एकेडेमी सञ्चालनमा ल्याईएको हो ।
आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले एकेडेमीको शुभारम्भ गरे ।
उक्त एकडेमी तीन युवा विकास चौधरी, प्रकाश सापकोटा र सञ्जीव लामाले संयुक्तरुपमा सञ्चालनमा ल्याएका हुन् ।
शुभारम्भ पछि बोल्दै प्रवक्ता भण्डारीले युवाहरुले शिक्षामा गुणस्तर प्रदान गर्न र विद्यार्थीको चाहना र आवश्यकता पुरा गर्न इन्सिच्युट सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गरे । शिक्षा विना देश विकास र समृद्धिमा जान नसक्ने भन्दै उनले यस्ता इन्सिच्युटले शिक्षाको गुणस्तर बृद्धिमा सुधार गर्न मदत पुग्ने बताए । ‘यी युवाहरुले विदेश पलायन नभई देशमा स्वरोजगारी सिर्जना गरेका छन , यसले समाजमा सकारात्मक सन्देश पनि जानेछ ।’ भण्डारीले भने ।
एकेडेमीका निर्देशक चौधरीले पछिल्लो समय इन्ट्रान्स प्रिपेसन कक्षा , ब्रीज कोर्सले टाढा गएर पढ्नु पर्ने बाध्यता हट्ने बताउंँदै स्याउली बजारमानै दक्ष र अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन शुरु गरिएको बताए । ‘यो एकेडेमी भरतपुरको मुटुमा पनि छ ,उनले भने, यहांँ धेरै कलेज र स्कुल पनि छन ।’ शान्त स्वच्छ वातावरणमा कक्षाहरु सञ्चालन हुने भएकोले हरेक विद्यार्थीको एचिभर्स एकेडेमी शिक्षाको रोजाई गन्तव्य बन्ने उनको भनाई थियो ।
अन्य यस्ता नीजि शैक्षिक संस्था भन्दा यहांँ दक्ष शिक्षक र प्रत्येक विद्यार्थीको लागि सैद्धान्तिक र व्यवहारिक सिकाई पद्धति भएकोले विद्यार्थीले पूर्ण लाभ लिन सक्ने चौधरीको भनाई थियो । ‘यहांँ टीयु र एएफयूका दक्ष र अनुभवी शिक्षकद्धारा अध्यापन गराईन्छ ।’ चौधरीले भने ।
भरतपुरकै मुटुमा सञ्चालित यो एकेडेमी सबैको लागि सहज पहुंँच पुग्ने र सहुलियत फि दरमा अध्ययन अध्यापन हुने भएकोले विद्यार्थीहरु पढ्न उत्सुक रहेको उनले बताए । इन्ट्रास परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने पांँच जना विद्यार्थीलाई स्कलर सिपका पनि व्यवस्था गरिएको छ । यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा शुरु गरिएको छ । यहांँ एक सेसनमा जम्मा ४० सिटको लागि मात्र भर्ना लिइने चौधरीले जानकारी दिए ।
एकेडेमी हाल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एसइइकी लागि ब्रिज कोर्ष र १२ कक्षा पास गरेका लागि इन्ट्रास प्रिपेरसन कक्षाको लागि भर्ना प्रक्रिया शुरु भएको छ । यहांँ इन्ट्रान्स प्रिपेरेसनका लागि एप्लाईड साइन्स कक्षा , विएससी एजी, बिभिएससी, र एएच , फरेष्ट्री, , फिसरिज, बीटेक (फूड) र पारा मेडिकलका प्रिपेरेसन कक्षा अध्ययन अध्यापन शुरु भएको छ । एकेडेमीले १२ कक्षा पास भएका विद्यार्थीका लागि तयारी कक्षाका साथै विभिन्न संकाय र तहका ट्युसनका कक्षाहरुका लागि धमाधम भर्ना भईरहेको जानकारी दिएको छ । यो एकेडेमी पूर्वतर्फ स्याउली बजारमा रहेको अरोमा कलेज भवनको आडैमा अवस्थित छ ।